सागर पौडेल POSTED ON : बैशाख २७, २०७९ (7:50 PM)

“अब तपाईंलाई ठुला सपना देखाउने उम्मेदवार हैन ,साना – साना आवश्यकता पूरा गरिदिने उम्मेदवार रोज्नुहोस्। ताकी तपाईंले फेरि पाँच वर्ष पछुतो महसुस गर्न नपरोस् ।”
संविधान सभाबाट अत्यधिक बहुमतले पारित विश्वकै उत्कृष्टता प्राप्त गरेको हाम्रो संविधान जसले राइट टु रिजेक्ट अर्थात कुनै पनि उम्मेदवारलाई मत दिन्न ! भन्ने अधिकार नै खोसिदिएको छ।
हामीले नेपालको संबैधानिक व्यवस्थालाई उच्च सम्मान गर्दै राम्रो उम्मेदवार छनोट गर्ने संबैधानिक प्रदत्त दायित्व हो ।
हामीले पटक-पटक उम्मेदवार छनोट गर्दै आएको हो। हामिलाई थाहा छ, हामीले रोजेका जनप्रतिनिधि हाम्रा संबैधानिक अभिभावक हुन ।
देश गरिब छ, पर्याप्त स्रोत उपलब्ध हुँदैन एकै चोटि हामीले खोजेको विकास संभव छैन । विकास एउटा क्रमिक र गतिशील प्रक्रिया हो।
अब तपाईंलाई ठुला सपना देखाउने उम्मेदवार हैन साना – साना आवश्यकता पूरा गर्ने उम्मेदवार रोज्नुहोस् । ताकी तपाईंले फेरि पाँच वर्ष पछुतो महसुस गर्न नपरोस् ।
– राजनीतिक सिद्धान्त भनेर नहिड्नुहोस ! तपाईं हो कट्टर सिद्धान्तको पछि हिड्ने, तपाईंको ठुलो नेता पदिय सिद्धान्तमा हिडिसके तसर्थ अब यो उम्मेदवारले गर्छ है भन्ने पर्याप्त विश्वासनीय आधार भएको छनोट गर्नुहोस् ।
– तपाईंलाई सानो कुरामा खुशी दिने उम्मेदवार छान्नुहोस ठुला कुरा सायद पुराभएको देख्दिन ।
– कम्तीमा महिनाको एकपटक तपाईंको गुनासोको नजिक आउन सक्ने उम्मेदवार रोज्नु होस् ।
– तपाईं लाई पैसा बाड्ने हैन निरन्तर पैसाकमाउन सिकाउने छान्नुहोस् ।
– तपाईं त गरीब नागरिक हो नि ! समयमा सिटामोल दिने उम्मेदवार छान्नु होस् ।
– तपाईं युवा हुनुहुन्छ एउटा तह सम्मको समस्या थेग्न सक्नुहुन्छ । तपाईंको बुढा भएको बुवा आमालाई खुशी दिने उम्मेदवार रोज्नु होस् । फेरि यो भन्न नपरोस् कि, गाउँमा खोप ल्याउन नसक्ने जनप्रतिनिधिहरु फेरी मेरा बुढा भएका बुबा आमा लाई बोकेर भोट हाल्न लैजानी होलान् ।
– तपाईं बजेटको पछी हैन, व्यबस्थापकीय दक्षता भएको उम्मेदवार रोज्नुहोस् ।
– व्यक्तिगत हितलाई सामुहिक हितमा समर्पण गर्ने उम्मेदवार रोज्नुहोस् ।
– विगतमा गरेका क्रियाकलापहरु लाई पटक – पटक विश्लेषण गरेर उम्मेदवार रोज्नुहोस्।
अत: हामीले उम्मेदवारहरुको छनोट गर्दा राजनैतिक आस्था वाट प्रभावित हुनुभन्दा ब्यक्तिगत गुण बाट प्रभावित भएर योग्य उम्मेदवार छनोट गर्न सकेको खण्डमा राज्यमा छिट्टै समृद्धि प्राप्त हुने कुरालाई नकार्न सकिँदैन ।
Leave a comment