
सागर पौडेल
तथ्यांकीय रूपमा हेर्दा बजेटको आकार ठुलो र श्रोत परिचालनमा कठिनाइ जस्तो देखिन्छ।
बजेटको आकारमा आन्तरिक ऋण तर्फको 4 खर्ब 10 अर्ब बैंकिङ क्षेत्रको अधिक तरलता लाई राज्यको पुर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने गरि सुनौलो अवसर दिएको छ।
यो रकम अर्थतन्त्र भित्र चक्रीय प्रवाह हुन्छ। जस्तै बैंकको बचतले लगानी वृद्धि गर्छ, लागानीले आम्दानी वृद्धि गर्छ र आम्दानीले पुनः बचत गराउछ।
पूँजीगत खर्च 4 खर्ब 31 अर्ब मध्य 1 खर्ब जति रकम खर्च हुन सक्दैन । पुरै खर्च गरेको अहिले सम्म कुनै आर्थिक वर्ष छैन ।
वैदेशिक ऋणको 2 खर्ब 47 अर्ब यदि सरकारको भूमिका स्थायी र सफल देखिएमा द्दिपक्षीय र बहुपक्षीय स्रोत बाट सरकारले प्राप्त गर्न सक्छ ।
सरकारले 14 खर्ब 5 अर्ब राजस्वको लक्ष्य पूरा गर्न सकेमा यसको सफल कार्यान्वयन हुन्छ।
यद्यपि केन्द्रिय बैंकमा रहेको बिदेशी विनिमय संचितिको केही रकम पनि परिचालन गर्न सक्ने गरि बजेट तर्जमा गरेको भए वैदेशिक ऋणको वित्तीय व्यवस्थापन सहज हुने थियो।
समग्रमा बजेट आशावादी नै छ। सफल कार्यान्वयनको शुभकामना !!!
Leave a comment