सागर पौडेल

वित्त नीति र मौद्रिक नीतिको बीचमा तादम्यता रहेको अर्थमन्त्री र गभर्नरको दाबी !
राष्ट्रिय आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको  विप्रेषणको विकल्प र यस बाट अर्थतन्त्रमा पर्न सक्ने डच रोगको प्रभाव लाई  दुबै आर्थिक नीतिले सम्बोधन गर्न नसकेको।
नेपाल सम्पत्ति शुद्धिकरणको ग्रेलिस्ट बाट बाहिर आउन सक्ने कमजोर  नीतिगत व्यवस्था।

सैद्धान्तिक रुपमा यी दुबै नीति संतुलन देखिएता पनि विस्तारकारी घाटाको वित्त नीति पनि हिउँद लागेपछि खुम्चिन थाल्छ भने मौद्रिक नीतिका लक्ष्यहरु पनि सँकुचन हुन थाल्छन् ।

लगानी प्रबर्द्धन गर्ने नीतिको प्रभावकारीता वृद्धि सँगै
मुद्राको माग र आपूर्ति लाई  संतुलन राखी बैंकिङ क्षेत्रको अधिक तरलता निक्षेपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मौद्रिक औजारहरुले वित्त नीतिका औजारहरु सँग मेल नखानु अहिलेको मौद्रिक नीतिको प्रमुख चुनौती हो ।

अझै पनि बैंक तथा वित्तीय संस्थाको कुल कर्जाको दुई तिहाइ कर्जा उपभोक्तामुखी घर जग्गामा लगानी भएको परिप्रेक्ष्यमा यस नीतिले अर्थतन्त्रलाई केही हद सम्म भए पनि चलयमान बनाउन सकेता पनि वास्तविक उत्पादनमा वृद्धि गर्दैन। साख सिर्जनामा वृद्धि गर्छ तर पूँजि लगानी गुणक हुन सक्दैन।

उल्लेखित तर्कहरुले सैद्धान्तिक आयम बाट मौद्रिक नीति र वित्त नीति वीचमा संतुलन देखिएता पनि कार्यान्वयनको आयम बाट चुनौतीपूर्ण देखिन्छ ।

Leave a comment

Quote of the week

"People ask me what I do in the winter when there's no baseball. I'll tell you what I do. I stare out the window and wait for spring."

~ Rogers Hornsby
Design a site like this with WordPress.com
Get started